रेनु दाहाल आफै जमानत बसेर छुटाइन रंगशाला बार प्रकरणका आरोपितहरुलाई

चितवन,जेठ २७- चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार १०ः ३० बजे मुख्य आरोपितका रूपमा चर्चामा आएका प्रकाश कँडेल, भैरव बास्ताकोटी, सुरेन्द्र बिक र धुव्र चापागाई रिहा गरेको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल आफै जमानत बसेर उनिहरुलाई रिहा गराउनुभएको हो । यसअघि पक्राउ परेका १८ जनामध्य यसअघि १४ जनालाई हाजिरी जमानीमा छाडिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानवहादुर मल्लले पक्राउ परेका सबैलाई हाजिरी जमानीमा छाडिएको बताउनुभयो । चारै जनालाई १२ दिनसम्म दैनिक हाजिरी जमानीमा छाडिएको उहाँले जानकारी दिनुभयो । घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुनःनिर्माण गर्ने विषयमा सहमति जनाएपछि रंगशाला निर्माणमा थप वातावरण बनाउन रिहा गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

Add Comment