गाउँपालिका अध्यक्षले जीते मुद्धा, पत्रकारलाई ५०० जरीवाना

ढकारी गाउँपालिकाले जित्यो मुद्धा अछाम ९ असार गलत समाचार प्रशारण गर्ने पत्रकारलाई जरीवाना गर्दै जिल्ला अदालत अछामले ढकारी गाउँपालिकाको पक्षमा मुद्धा फैसला गरेको छ । गएको वर्षको भदौ महिनामा अछामको ढकारी गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै रेडियो रामारोशन एफएमले समाचार प्रशारण गरेपछि ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले तथ्यहिन समाचार प्रशारण गर्दै आफूलाई रेडियो बाटै गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत अछाममा मुद्धा दर्ता गर्नुभएको थियो ।

उक्त मुद्धाको सुनुवाई गर्दै अछाम जिल्ला अदालतले गलत समाचार प्रशारण गर्ने रेडियो रामारोशनलाई ५ सय तथा त्यहाँ कार्यरत ३ जना पत्रकारलाई समेत ५÷५ सय जरीवानाको फैसला सुनाएपछि हो । जसमा रेडियोले संस्थागत रुपमा पाँच सय तिर्नुपर्ने छ भने गलत समाचार लेख्ने र प्रशारणमा संलग्न रहेका ३ जना पत्रकार समेतलाई ५÷५ सय रुपैयाँ जरीवाना तोकिएको जिल्ला अदालत अछामले जनाएको छ । जिल्ला न्यायाधिस हरीप्रसाद कोइरालाको एकल इजलासले मुद्धा फैसला गर्दै ढकारी गाउँपालिकामा व्यापक भष्ट्राचार भएको भनिएको विषयमा प्रयाप्त प्रमाण बिना नै समाचार प्रशारण गरिएको तथा अनुसन्धानका क्रममा समेत भष्ट्राचार भएको भनेर पुष्टी हुने कुनै आधार नभेटिएको भन्दै मुद्धाको फैसला गाउँपालिकाका पक्षमा गरिएको जनाएको छ ।

गाउँपालिकाले मुद्धा दर्ता गर्दा भ्रम फैलाउनकै लागि गलत विवरण मिडियामा ल्याएको तथा रेडियोको प्रशारण बाटै गाली बेइज्जती गरेको भन्दै अदालतमा फाइल पेश गरेको थियो । मुद्धाको फैसलापछि गाउँपलिका अध्यक्ष धनबहादुर बुढाले आफूमाथि लगाइएको भ्रमपूर्ण आरोप अदालतले सावित गरेको भन्दै यस्ता गलत खबरहरुको पछाडी नलाग्न सबैलाई आव्हान गर्नु भएको छ । अख्तीयारले छानबीन गर्दा समेत कुनै प्रमाण नभेटिएको विषयमा गाउँपालिकाको बेइज्जत गराउन एकोहोरो गलत प्रचार गरिएको भन्दै यसबाट समुदायमा परेका सबै खाले भ्रम अन्त्य भएको उहाँले बताउनुभयो । अध्यक्ष बुढाले सत्यको पक्षमा लाग्ने पत्रकारसँग आफू सधैं साथमा रहने भएकाले कुनैपनि समाचार सम्प्रेषण गर्दा खोज अध्ययन गरेर सन्तुलीत रुपमा मात्र मिडियामा खबर बाहिर ल्याउन समेत आग्रह गर्नु भएको छ ।

Add Comment